+
+
Shares

दर्शकको मन जित्दै बिजय र प्रविशाको ‘दुरी मजबुरी’

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ४ गते १३:३५

‘दि भ्वाइस अफ नेपाल’ सिजन १ का विजेता सीडी बिजय अधिकारी र गायिका प्रविशा अधिकारीको स्वरमा ‘दुरी मजबुरी’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतले दर्शकको माया पनि पाइरहेको छ । सार्वजनिक भएको ४ दिनमै युटुब ट्रेन्डिङको दोश्रो स्थान ओगट्न सफल यो गीतमा बिजयकै शब्द तथा संगीत छ ।

यो गीतको भिडियोमा उत्तम श्रेष्ठको निर्देशन छ । सन्तोष राजबहाकको कोरियोग्राफी, ज्ञानेन्द्र शर्माको छायांकन, अमृत चापाँगाइको सम्पादन रहेको भिडियोमा सुधिर श्रेष्ठ, अशु न्यौपाने, सरोज खनाल, रश्मी भट्ट, उत्तम श्रेष्ठ, दिपकराज पाठकको अभिनय छ ।

गायक बिजयले यो गीतका लागि आफूले निकै नै मिहिनेत गरेको र दर्शकले सोही अनुसारको माया पनि गरिदिनुभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?