Comments Add Comment

बैंकिङले उचाल्यो नेप्से परिसूचक, बजार बढे पनि अधिकांशको सेयर मूल्य घट्यो

४ फागुन, काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । दिनभर भएको तीव्र उचारचढाव पछि अन्तत सेयर कारोबार माकक नेप्से परिसूचक बढेर बन्द भएको छ ।

१५ दशमलव ५० प्रतिशतले बढेर नेप्से परिसूचक २ हजार ६ सय १ दशमलव ५१ अंकमा पुगेर रोकिएको छ । उता क वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स् पनि ४ दशमलव ०९ अंकले वृद्धि भएको छ ।

कारोबार रकम १० अर्ब नाघेको छ । दिनभर भएका ७६ हजार ४९३ कारोबार बाट १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९ सय ५५ रुपैयाँ पुगेको छ ।

बैंकिङमा आकर्षण

मंगलबार कारोबार खुलेसँगै बजार बढ्न थालेको थियो । बजार एक पटक ४४ अंकले वृद्धि भएको थियो भने एक पटकम माइनसमा झरिसकेको थियो । बढ्ने घट्ने क्रम चलिरहदा अन्तमा दोहोरो अंकले बढेर बन्द भयो ।

बजार बढे पनि अधिकांश कम्पनीहरुको सेयर मूल्य भने घटेको छ । बुधबार धेरै कमाउनेमा भने बैंकका लगानीकर्ताहरु देखिएका छन् । बैंकिङ समूहको सब–इन्डेक्स ३८ दशमलव ४१ अंकले वृद्धि भएको छ । विकास बैंक ६.४७ अंकले बढ्दा अन्य समूहमा रहेका कम्पनीहरुको सब इन्डेक्स ५.५४ अंकले वृद्धि भयो ।

मंगलबार व्यापार, होटल, जलविद्युत, फाइनान्स, बिमा कम्पनी तथा लघुवित्त समूहको सब इन्डेक्स पनि घटेको छ । कम्पनीगत हिसाबले हेर्दा धेरै कमाउनेमा चन्द्रागिरी हिल्स देखिएको छ भने दोस्रो नम्बरमा मिर्मिरे लघुवित्त र तेस्रो नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य धेरै बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment