
४ फागुन, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–१ मा धर्मशालाको शिलान्यास गरिएको छ । कलैया उपमहानगरपालिकाले राजदेवी मन्दिर परिसरमा धर्मशाला बनाउन लागेको हो । धर्मशालाको मंगलबार नगर प्रमुख राजेश राय यादवले शिलान्यास गरेका छन् ।
राजदेवी मन्दिर मनोकांक्षा पुरा गर्ने शक्ति पिठको रुपमा प्रसिद्ध छ । एक तले धर्मशाला बनाउनका लागि कलैया उपमहानगरपालिकाले नगर स्तरीय योजना अन्तर्गत २० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । उपभोक्ता समिति मार्फत धर्मशाला निर्माण गर्न लागिएको छ ।
धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेश कुमार साहले असार मसान्तभित्रै काम सक्ने प्रतिबद्धता जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4