+
+
Shares

मध्यप्रदेश बस दुर्घटना : मृतकको संख्या ५१ पुग्यो, ४ जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ५ गते ९:४१

५ फागुन, काठमाडौं । भारतको मध्यप्रदेशमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

मध्यप्रदेशको सिधी जिल्लामा मंगलबार बिहान बस दुर्घटना भएको थियो । सो बस सिधीबाट सतना जाने क्रममा सरदा गाउँ नजिक २२ फिट गहिरो बाणसागर नहरमा खसेको थियो।

दुर्घटनास्थलबाट ५१ जनाको शव निकालिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । ७ जना सकुशल छन् भने चार जना हराइरहेका छन् ।

चालक पौडिएर नहरबाट बाहिर निस्किएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बसमा क्षमताभन्दा धेरै यात्रु रहेकाले दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ । ३२ जना क्षमताको सो बसमा चालकसहित ६२ जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?