+
+

दुबईकी राजकुमारीको विषयमा राष्ट्रसंघले यूएईसँग जवाफ माग्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ५ गते १७:०६

५ फागुन, काठमाडौं । संयुक्त राष्ट्रसंघले संयुक्त अरब इमिरेट्स (यूएई)सँग दुबईकी राजकुमारीलाई हिरासतमा राखिएको विषयमा जवाफ माग्ने भएको छ । दुबईकी राजकुमारी लाफियाले आफ्ना बाबुले सन् २०१८ देखि बन्धक बनाएर राखेको आरोप लगाएकी छिन् । गोप्यरुपमा बनाएको एक भिडियोमार्फत् उनले बीबीसीलाई आफूलाई बाबुले बन्धक बनाएर राखेको बताएकी थिइन् ।

उनले पठाएको भिडियो फुटेज सार्वजनिक भएसँगै विश्वव्यापीरुपमा यस विषयमा राष्ट्रसंघले अनुसन्धान गर्नुपर्ने माग उठेको छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्च आयुक्तको कार्यालयले राजकुमारी लाफियाको विषयमा यूएईसँग जवाफ माग्ने बताएको छ ।

बेलायती विदेशमन्त्री डोमिनिक राबले बुधबार यस विषयमा बेलायतको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । राबले उक्त भिडियोमा युवती निकै तनावमा देखिएको उल्लेख गरेका छन् । साथै यूएईमा विकसित घटनालाई बेलायतले नियालिरहेको उनले बताएका छन् ।

राजकुमारी लाफियाका पिता मोहम्मद अल माक्टोम विश्वका सबैभन्दा धनी राज्य प्रमुखमध्येका एक हुन् । उनी दुबईका राजा तथा यूएईका उपाध्यक्ष हुन् । उनले दुबईलाई एक सफल सहरको रुपमा विकास गरेका हुन् । तर, अधिकारवादीहरुले भने महिलामाथि भने यहाँ विभेद हुने गरेको बताउँदै आएका छन् । सन् २०१८ को फेब्रुअरीमा लाफिया दुबईबाट भाग्न खोजेकी थिइन् । तर, उनी भाग्दै गर्दा हिन्द महासागरबाट पक्राउ परेकी थिइन् । त्यसयता उनी दुबईमा नै रहँदै आएकी छिन् ।

उनलाई सवारीसाधन चलाउने, भ्रमण गर्ने वा दुबई छाड्ने अनुमति दिइएको छैन । दुबई र यूएईले यसअघि लाफिया आफ्नो परिवारको हेरचाहमा सुरक्षित रहेको बताउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?