+

एट्लेटिको मड्रिड बराबरीमा रोकियो

२०७७ फागुन  ६ गते १०:३० २०७७ फागुन ६ गते १०:३०
एट्लेटिको मड्रिड बराबरीमा रोकियो

६ फागुन, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड लेभान्टेसँग बराबरीमा रोकिएको छ । बुधबार राति  भएको खेलमा एट्लेटिकोले लेभान्टेसंग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदानमा लेभान्टेले पहिले अग्रता लिएको थियो । १७औं मिनेटमा एनिस बार्डीले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाएका थिए । तर ३७औं मिनेटमा मार्कुस लरेन्टेले एट्लेटिकोका लागि बराबरी गोल फर्काए । त्यसपछि खेलमा थप गोल हुन सकेन  ।

बराबरीपछि एट्लेटिकोले एट्लेटिकोले छिमेकी रियल मड्रिडसंग अंङ्कदूरी बढाउने अवसर गुमायो । २२ खेलबाट एट्लेटिकोको ५५ अंक छ । २३ खेल खेलिसकेको रिय ४९ अंकसहित दोस्रो स्थानमा छ । २२ खेल खेलेको बार्सिलोना ४६ अंकसहित तेस्रो स्थानमा छ ।

एट्लेटिको मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय