+
+
Shares

टुँडिखेल आसपास हुने सैनिक गतिविधिलाई अन्यथा नलिन सेनाको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ६ गते १५:४६
फाइल तस्वीर

६ फागुन, काठमाडौं । आजभोलि सडकमा सैनिक बख्तरबन्दी गाडी हिँडेको तस्वीरहरु सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आइराख्छ । फौज र ट्रकहरु हिँडेको विषयले पनि धेरैको ध्यान तान्ने गरेको छ ।

केही अघि नियमित अभ्यासका लागि बख्तरबन्द गाडी निकाल्न लागिएको सेनाले नै जनाएको थियो । तर, सैनिक कदम अर्थपूर्ण भएको जानकारहरुले टिप्पणी गरेका थिए ।

हालै सैनिक फौजले टुँडिखेल आसपासको क्षेत्रमा हिँडेको विषयले चर्चा पाएको छ । जंगीअड्डाले भने यसलाई शिवरात्रीमा हुने सेना दिवसको पूर्वतयारी भएकाले अन्यथा नलिइदिन भनेको छ ।

बिहीबार जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख सहायक रथी सन्तोष बल्लभ पौडेलले भनेका छन्, ‘अहिले कुनै पनि सैनिक गतिविधि देखे सेना दिवसको पूर्वतयारी हो भन्ने बुझिदिनु हुन अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?