Comments Add Comment

भाइकिङ २२२ मोडलका बसहरूको च्यासिस हस्तान्तरण

अशोक लेलैण्डले काठमाडौंमा एक कार्यक्रम गरी भाइकिङ२२२ मोडल बसका ग्राहकहरुलार्ई च्यासिसहरु हस्तान्तरण गरेको छ ।

व्यावसायिक भ्रमणका लागि नेपाल आएका प्रेसिडेन्ट इन्टरनेश्नल अपरेशन संजय सारस्वत र सार्क राष्ट्रका रिजनल म्यानेजर तन्मय मित्रबाट संयूक्त रूपमा उक्त च्यासिसहरू हस्तान्तरण गरिएको हो ।

च्यासिस हस्तान्तरण कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै प्रेसिडेन्ट संजय सारस्वतले १० वटा बस एकैसाथ हस्तान्तरण गर्न पाउँदा ज्यादै खुशी लागेको बताए ।

नेपालमा भाइकिङ२२२ को बजारलाई अझै बिकास गर्दै आक्रमक बनाउन सहयोग गर्नु भएकोमा ग्राहकहरुलाई प्रेसिडेन्ट संजयले धन्यवाद दिएका छन् ।

साथै आगामी दिनहरुमा भाइकिङ२२२ लाई अझै बढी प्रवद्र्धन गरी सहयोग गरिदिनुहुन प्रेसिडेन्ट संजयले अनुरोध गरे ।

भाइकिङ२२२, रुट बसमा चल्ने बस मध्ये सबैभन्दा धेरै रुचाइएको बस हो ।

यसमा इनलाईन फ्युल पम्प हुनुका साथै एच सिरिज इन्जिन रहेको छ जस्ले गर्दा इन्धन कम खपत हुन्छ । साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ ।

भाइकिङ२२२ मा ओभर ड्राईभ गियर बक्सले काम गर्ने भएको हुँदा १८० एच पी इन्जिनको साथमा द्रुत गतिको आरामदायी यात्रा गर्न सकिन्छ ।

रियर एर सस्पेन्शन, डाईरेक्ट ड्राइभ एसी, इनलाईन फ्युल पम्प साथै धेरै माइलेजले गर्दा यो गाडी अरु गाडीभन्दा फरक र विश्वासिलो रहेको छ ।

नेपालमा हरेक लामो दुरी रुटमा भाइकिङगाडीहरु चल्दै आएका छन् ।

अत्याधिक माग अनुसार कम्पनीले ग्राहक वर्गहरुलाई बिशेष सर्भिस पनि दिदै आएको छ । आफ्ना १३ ओटा सर्भिस नेटवर्कबाट सर्भिस लिन सकिने हुँदा सजिलै पार्टस् र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment