+
+
Shares

नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकता सहित बोलायो

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ६ गते २०:३८

६ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकता सहित पार्टी कार्यालयमा बोलाएको छ । बिहीबार टेलिफोन गरेर केन्द्रीय कार्यालय पेरिसडाडाँमा नागरिकताको प्रमाणपत्र सहित उपस्थित हुन आग्रह गरेको हो ।

यो समूहले यसअघि पनि नागरिकता संकलन गरेको थियो । तर, सबैको नागरिकता संकलन भएको थिएन । नागरिकता संकलनको प्रयोजन भने पार्टी अभिलेखको कागजपत्र मिलाउन भनिएको छ ।

‘नागरिकता संकलन भएपछि नै पार्टीले थप निर्णय गर्छ, अहिलेलाई अभिलेख राख्न मात्रै हो’, एक स्थायी कमिटी नेताले भने । भोलि दिउँसोसम्म नागरिकता सहित उपस्थित हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गरिएको छ ।

यो समूहले निर्वाचन आयोगमा वैधानिकताको दावी गर्दै २८७ जनाको नाम बुझाएको छ । तर, पार्टी विभाजन हुनु अघिको केन्द्रीय कमिटीको ४४१ मध्ये ३१५ बढी आफ्नो पक्षमा रहेको दावी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?