Comments Add Comment

भारतसँगको झडपमा आफ्ना पाँच सैनिक मारिएको चीनद्वारा स्वीकार

Photo Credit : AFP

७ फागुन, काठमाडौं । गत वर्षको जुनमा भारतको लद्दाखस्थित गलवान घाटीको सीमा क्षेत्रमा भारतीय सैनिकसँगको झडपमा आफ्ना पाँच सैनिक मारिएको चीनले बताएको छ । चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सले चिनियाँ सेनाको पीएलए डेलीलाई उद्धृत गर्दै चीनले उक्त झडपमा परी मृत्यु हुने सैनिकको विवरण सार्वजनिक गरेको हो ।

चिनियाँ सेनाले उक्त झडपमा परी मृत्यु भएका सैनिकलाई विशिष्ट पदवीबाट सम्मान पनि गरेको छ । चिनियाँ सेनाले आफ्ना सैनिकमाथि रड, तीखो धार भएका डण्डी र ढुङ्गाले प्रहार गरेको पनि उल्लेख गरेको छ । पीएलए डेलीले लेखेको छ, ‘सन् २०२० को अप्रिलपछि विदेशी सेनाले यसअघिको सम्झौता उल्लंघन गरेको थियो । उनीहरुले सीमा पार गर्दै रोड र पुल बनाउन थाले र जानाजान सीमाको यथास्थिति बदलेर भड्काउने काम गर्न थाले । उनीहरुले वार्ताका लागि पठाइएका सैनिकमाथि पनि आक्रमण गरेका थिए ।’

समाचारमा उल्लेख गरिएअनुसार झडपको समयमा भारतीय सेनाको संख्या धेरै थियो । भारतीय सेनाले निरन्तर ढुङ्गाले आक्रमण गरिरहेका भए पनि आफूहरु पछि नहट्दै त्यसको डटेर सामना गरेको चिनियाँ सैनिकलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ ।

गत वर्ष जुन १५ मा भएको यो घटनामा २० भारतीय सैनिकको मृत्यु भएको थियो । यो घटनालाई पछिल्लो चार दशककै सबैभन्दा गम्भीर झडप भएको बताइएको छ । अहिलेसम्म यो झडपमा आफ्नो तर्फबा सैनिकको हताहतीबारे चीनले केही बताएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment