Comments Add Comment

स्वस्तिमा भन्छिन्–‘साउथ फिल्म गर्ने बिषयमा संझौता भएको छैन’

नेपाली चलचित्रमा नायिका स्वस्तिमा खड्काको चर्चा चुलिदो छ । चलचित्र ‘बुलबुल’मा काम गरिसकेपछि उनको चर्चा चुलिएको हो । उनै, स्वस्तिमाले एउटा साउथ चलचित्रमा काम गर्ने पक्का भएको खबरहरु सार्वजनिक भैरहेका छन् । स्वस्तिमाले एञ्जल मारिया सिनेमासँग नेपाली चलचित्र निर्माण कम्पनी अनन्या फिल्मस्ले बनाउन लागेको ‘थिरिमाली’मा काम गर्ने पक्का भएको खबर सार्वजनिक भैरहेको छ ।

तर, नायिका खड्काले पनि यो चलचित्रमा काम गर्ने पक्का भैनसकेको बताएकी छिन् । उनले भनिन्–‘मैले, चलचित्रको टिमसँग एक चरणमा कुरा गरेको छु । तर, चलचित्रको बिषयमा गहिरो कुरा भएको छैन ।’
स्वस्तिमाले आगामी दिनमा फेरि कुराकानी भएपछि चलचित्र गर्ने वा नगर्ने निर्णय गर्ने बताइन् । उनले भनिन्–‘हाम्रो पहिलो भेट परिचयात्मक रुपमा थियो । किन र केका लागि भेटिएको हो, मेरो भूमिका के हो भन्ने केही पनि कुरा भएको छैन । यसैले पनि मैले कुर्न निर्णय गरिसकेकी छैनँ ।’

अनन्या फिल्मस्का प्रमुख सरोज न्यौपानेले स्वस्तिमाले चलचित्र साइन गरिसकेको बताए । भने–‘यो चलचित्रको टिमले स्वस्तिमासँग कुरा गर्ने मनस्थिती बनाएर नेपाल आएको रहेछ । मसँग कुरा भएपछि मैले भेटको वातावरण बनाइदिएको हुँ । चलचित्रले नेपालकै एक केटाको कथा भन्नेछ ।’

चलचित्रमा स्वस्तिमा खड्का, माओत्से गुरुङ र थिएटरका केही कलाकारको अभिनय रहने सरोजले बताए । उनका अनुसार, चलचित्रको छायांकन नेपालको काठमाण्डौ र मुस्ताङमा ७० प्रतिशत हुनेछ । बाँकी ३० प्रतिशतको छायांकन भारतका विभिन्न स्थानमा हुनेछ । अनन्या फिल्मस्ले यो चलचित्रको हिन्दी भर्सन डब गर्ने सहमती समेत भएको सरोजले बताएका छन् । चलचित्रमा केरालाकी एक जना नायिकाको पनि अभिनय रहने बताइएको छ । चलचित्रको छायांकन मार्च २९ देखि सुरु हुने सरोजले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment