+
+

प्रदेश प्रमुखबाट हटाइएका परियार भन्छन् : पदमुक्त गर्ने निर्णय अप्रत्यासित

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ७ गते २१:४९

७ फागुन, काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखबाट हटाइएका तिलक परियारले आफूलाई पदमुक्त गर्ने निर्णय अप्रत्यासित भएको प्रतिक्रिया दिएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार मात्र परियारलाई पदमुक्त गरेकी थिइन् भने राजेश झा (राजेश अहिराज)लाई नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । अहिराजले शुक्रबार नै सपथ लिइसकेका छन् ।

प्रदेश प्रमुखबाट हटाइएका परियारले भने आफूलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयको पत्र प्राप्त भएको र त्यसमा कुनै कारण उल्लेख नभएको बताए ।

विना कारण पदमुक्त गरिएकाले त्यसविरुद्ध अदालत जाने संकेत गर्दै उनले अनलाइनखबरसँग भने, ‘सरप्राइज ढंगले पदमुक्त गरिएको छ । यही हो भने गलत नजिर बस्छ । त्यसरी कानून विदहरुसँग छलफल गरेर एउटा निर्णयमा पुग्छु ।’

परियार पूर्व माओवादी कोटाबाट प्रदेश प्रमुख नियुक्त भएका थिए । अहिले पार्टी विभाजनपछि प्रचण्ड-माधव समूहलाई सन्देश दिन उनलाई हटाइएको बताइएको छ ।

परियारले भने प्रतिनिधिसभा विघटनपछि आफू प्रधानमन्त्रीसँग कुराकानी नभएको र आफ्नो कामकारबाहीप्रति असन्तुष्टि जनाएको पनि थाहा नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?