Comments Add Comment

स्लो साइकल प्रतियोगितामा केशव खेतान प्रथम

८ फागुन, वीरगञ्ज । स्लो साइकल प्रतियोगितामा केशव खेतान प्रथम भएका छन् । अशोक चौधरी र रचित सरावगी क्रमश द्वितीय र तृतीय भए । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुनेलाई शिल्ड र सहभागीलाई मेडल प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले साइकल चलाउँदा व्यक्तिगत स्वास्थ्य र वातावरण संरक्षण दुवैतिर फाइदा हुने बताए ।

वीरगञ्ज साइक्लिङ क्लबको आयोजनामा जिल्ला प्रहरी कार्यालय छेउको खेल मैदानमा प्रतियोगिता भएको थियो ।

साइकलको प्रयोग बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ६ वर्षदेखि ६० वर्ष उमेर समूहका साइकल चालकहरु सहभागी भएका थिए ।

वीरगञ्ज साइक्लिङ क्लबकी कोषाध्यक्ष एवं प्रतियोगिता आयोजक कमिटीको संयोजक नुतन सरावगीले साइकलको प्रयोग बढाउनका लागि क्लबले विभिन्न गतिविधिको अयोजना गर्ने क्रममा ‘स्लो साइक्लिङ कम्पिटिसन’को आयोजना गरिएको बताइन् ।

‘वीरगञ्जका सडक साँघुरा छन्, मानिसहरु स-साना कामका लागि मोटरसाइकलमा निस्कने गरेका छन् । साइकल चलाउँदा प्रदूषण नियन्त्रण, ट्राफिक व्यवस्थापनमा मात्रै योगदान पुग्ने होइन, व्यक्तिगत स्वास्थ्यका दृष्टिकोणले समेत लाभदायक छ,’ उनले भनिन्, ‘स्लो साइक्लिङ प्रतियोगिताले पछाडि बसेर पनि जित्न सकिन्छ, भन्ने सन्देश दिन्छ । हामी पनि विस्तारै अघि बढिरहेका छौं ।’

विदेशमा विशिष्ट व्यक्तिहरुले पनि साइकल चलाउने गरेको तर नेपालमा त्यस्तो चलन कम रहेको बताउँदै उनले स्लो साइक्लिङ कम्पिटिसनको उद्घाटन वीरगञ्जका विशिष्ट व्यक्तिहरुलाई साइकल चलाउन लगाएर गरिएको बताइन् ।

वीरगञ्ज साइक्लिङ क्लबका सदस्यहरु दैनिक बिहान साइकलमा यात्रामा निस्कने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment