
९ फागुन, काठमाडौं । भक्तपुरबाट लागूऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बेतियास्थित सिक्टा-१० बस्ने ४७ वर्षीय आनन्दराम चमार रहेका छन् ।
भक्तपुर नगरपालिका-१ स्थित डा. इवामुरा अस्पताल अगाडिको सडकखण्डबाट आइतबार बिहान उनलाई लागूऔषधसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
शंकास्पद अवस्थामा सडकमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट ३ सय थान डाइजोपाम, ३ सय थान नोर्फिन र ३ सय थान फेनेरागन बरामद भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4