+
+
Shares

प्रदेश १ को प्रदेशसभामा ओली समूहलाई पर्खिँदै सांसदहरु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ९ गते १४:५६

९ फागुन, विराटनगर । प्रदेश १ को आइतबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक अझै सुरु हुन सकेको छैन । प्रदेशसभामा अरु दलका सांसदहरु आए पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको ओली समूहका सांसद आएका छैनन् ।

आइतबारको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ । तर ओली समूहका सांसद नआएका कारण बैठक सुरु हुन नसकेको हो ।

मुख्यमन्त्री शेरधन राईले आइतबारको बैठक स्थगित गर्न सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह गरे पनि भण्डारीले अस्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?