+

जोकोभिचले जिते नवौं पटक अस्ट्रेलियन ओपनको उपाधि

२०७७ फागुन  ९ गते १७:१० २०७७ फागुन ९ गते १७:१०
जोकोभिचले जिते नवौं पटक अस्ट्रेलियन ओपनको उपाधि

९ फागुन, काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले नवौं पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् ।

सर्बियन खेलाडी जोकोभिचले आइतबार मेलवर्नमा भएको वर्षको पहिलो ग्राण्ड्सलाम प्रतियोगिता अस्ट्रेलियन ओपनको फाइनलमा रसियद डानिएल मेदभेदेवलाई ३-० को सेटमा हराए ।

३३ वर्षीय जोकोभिचले मेदभेदेवलाई ७-५ , ६-२ र ६-२ ले पराजित गरे । पहिलो सेट जित्न संघर्ष गर्नुपरे पनि जोकोभिचले त्यसपछिका दुई सेट सहजै जिते । २५ वर्षीय रसियन खेलाडि मेदभेदेवले भने ग्राण्ड्सलाममा दुई पटक फाइनल पुग्दा दुवैमा पराजित भएका छन् । २०१९ को युएस ओपन फाइनलमा मेदभेदेव राफेल नाडालसंग पराजित भएका थिए ।

अस्ट्रेलियन ओपन नवौं पटक जितेका जोकोभिचले ग्राण्ड्सलाम उपाधि संख्या १८ पुर्‍याएका छन् । जोकोभचिले अस्ट्रेलियन ओपनमा ९ पटक फाइनल पुग्दा सबैमा उपाधि जितेका हुन् । जोकोभिचले लगातार तेस्रो पटक अस्ट्रेलियन ओपन जितेका हुन् र यस्तो उपलब्धी उने दोस्रो पटक हात पारेका हुन् । यसअघि सन् २०११ देखि २०१३ सम्म उनले लगातार तीन पटक मेलवर्नमा उपाधि जितेका थिए ।

जोकोभिचले विम्बलडन ओपन ५ पटक, युएस ओपन ३ पटक र फ्रेन्च ओपन १ पटक जितेका छन् ।

जोकोभिच सर्वाधिक ग्राण्ड्सलाम जित्नेमा स्वीस रोजर फेडेरर र स्पानिस खेलाडी राफेल नाडाल भन्दा २ ले मात्र पछि छन् । फेडेरर र नाडाले समान २० पटक ग्राण्ड्सलाम जितेका छन् ।

पछिल्लो समय फेडेरर र नाडाल दुवै चोटका संघर्ष गरिरहेको अवस्थामा जोकोभिचले भने ग्राण्ड्सलाम उपाधि जितिरहेका छन् । फेडेररले २०१८ मा अस्ट्रेलियन ओपन जितेयता ग्राण्ड्सलाम उपाधि जित्न सकेका छैनन् । नाडालले भने २०२० मा फ्रेन्च ओपन जितेका थिए ।

 

अस्ट्रेलियन ओपन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय