+
+
Shares

उपचारका लागि दिल्ली पुगेका भट्टराईको बसाइ नेपाली दूताबासमा

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ९ गते २३:१८

९ फागुन, काठमाडौं । उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नयाँदिल्लीस्थित नेपाली दूताबासमै बसेका छन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष समेत रहेका भट्टराई स्वास्थ्योपचारका लागि आइतबार विहान नयाँदिल्ली गएका थिए ।

पेटमा समस्या देखिएपछि काठमाडौंको निदान अस्पतालमा परीक्षण गराउँदै आएका उनलाइ न्युरो-इन्डोक्राइनको ट्युमर भएको अहिले चिकित्सकहरुको आशंका छ । चिकित्सकहरूको सिफारिसमा उनी उपचारका लागि गएका हुन् । उनको इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा उपचार हुनेछ ।

उनी नेपाली दूताबासमा बसेको र अस्पताल भर्ना हुनु नपरे त्यही बसेर उपचार गर्ने प्रेस सल्लाहकार विश्वदीप पाण्डेले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?