१० फागुन, काठमाडौं ।प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले आर्सनलविरुद्ध १-० को कठिन जित हात पारेको छ ।
आइतबार राति आर्सनलको मैदानमा भएको खेलमा रहिम स्टर्लिङले खेलको सुरुमै गरेको गोल सिटीको जितमा निर्णायक बनेको हो ।
आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा स्टर्लिङले दोस्रो मिनेटमै रियाद महारेजो पासमा हेड गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
जितपछि लिग लिडर सिटीले अंकतालिकामा फेरि १० अंकको अग्रता बनाएको छ । सिटीले २५ खेलबाट ५९ अंक जोडेको छ । सिटी पछाडि रहेको म्यानचेष्टर युनाइटेड र लेस्टर सिटीको पनि समान ४९ अंक छ । दुवै पछिल्लो खेल जितेका थिए । गोलअन्तरमा युनाइटेड अघि छ ।
समान खेलबाट ३४ अंक रहेको आर्सनल दशौँ स्थानमा रहेको छ ।
प्रतिक्रिया 4