
गोरखाको बारपाक गाउँ । फाइल फोटो
१० फागुन, गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् ।
८४ वर्षीय टिल बहादुर गुरुङ, उनकी २२ वर्षीया बुहारी आइत कुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ सोमवार बिहान घरमै मृत फेला परेको प्रहरीले जनाएको छ ।
‘बिहान अवेरसम्म पनि घरको ढोका नखुलेको र मान्छेको चहलपहल पनि नभएपछि गाउँलेले ढोका खोलेर हेर्दा तीनै जना मृत अवस्थामा देखेछन्,’ एसपी सुरेन्द्र बहादुर गुरुङले अनलाइनखबरसँग भने, ‘हामीलाई खबर गरेपछि बारपाकको टोली घटनास्थल पुगेको छ ।’
मृतकहरुको मुखबाट फिज आएकाले विषालु च्याउ खाएर ज्यान गएको हुन सक्ने अनुमान गरिएको एसपी गुरुङले बताए । ‘जौबारीबाट थप प्रहरी टोली घटनास्थलतर्फ जाँदै छ, पोष्टमार्टमपछि मृत्युको कारण खुल्छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4