Comments Add Comment

विवादित तालबाट चीन र भारतले फिर्ता गरे आफ्ना सैनिक

१० फागुन, काठमाडौं । भारत र चीनले विवादित ताल पान्गोङ त्सो तालबाट आफ्ना सेना फिर्ता लगेका छन् । भारतीय रक्षामन्त्रालयले सार्वजनिक गरेको संयुक्त विज्ञप्तिमा शनिबार दुवै मुलुकले पूर्णरुपमा उक्त क्षेत्रबाट आफ्ना सैनिक फिर्ता गरेको उल्लेख गरेका छन् ।

भारतको लद्दाखस्थित गलवान भ्यालीमा रहेको सीमाक्षेत्रमा गत वर्ष दुई मुलुकका सैनिकबीच झडप भएको थियो । उक्त झडपमा परी दुवै पक्षका गरी २४ सैनिकको मृत्यु भएको थियो । यसअघि फेब्रुअरी ११ मा चीन र भारतबीच उक्त क्षेत्रबाट आफ्ना सैनिक फिर्ता गर्ने सम्झौता भएको थियो । यस विषयमा जानकारी दिन शनिबार दुवै मुलुकका सैनिक कमाण्डरको बैठक बसेको थियो ।

आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमा दुवै पक्षले यसअघि भएको सम्झौतालाई सकारात्मकरुपमा लिएको उल्लेख छ । सीमा विवादको समस्या समाधानको लागि दुई मुलुकका सैन्य कमाण्डरको बीचमा विभिन्न नौ चरणमा वार्ता भएको थियो । संयुक्तरुपमा जारी विज्ञप्तिमा सीमाका अन्य क्षेत्रमा जारी तनाव कम गर्न पनि निरन्तर वार्ता जारी राख्ने सम्झौता भएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment