
१० फागुन, काठमाडौं । अमेरिकी विमान निर्माता बोइङले एयरलाइन्स कम्पनीहरुलाई ७७७ मोडलको विमान प्रयोग नगर्न सुझाव दिएको छ । अमेरिकामा यो मोडलको इन्जिनमा उड्दाउड्दै आगो लागेको घटनापछि बोइङले एयरलाइन्स कम्पनीलाई यस्तो सुझाव दिएको हो । अमेरिकाको डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही समयमा नै बोइङको उक्त मोडलको विमानमा आगो लागेपछि यो विमानलाई पुनः सोही विमानस्थलमा ल्याण्ड गराइएको थियो ।
यो घटनापछि केही कम्पनीहरुले तत्कालका लागि यो मोडलको विमानको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेका थिए । बोइङका अनुसार यो मोडलका ६९ विमान सेवामा छन् भने ५९ विमान प्रयोगमा छैनन् ।
जापानको हवाई सेवा नियामकले पनि यो मोडलको विमानलाई तत्काल उडानमा रोक लगाउने निर्णय गरेको छ । त्यस्तै दक्षिण कोरियाको हवाई सेवा प्रदायकले पनि यस विषयमा अहिले पुनर्विचार भइरहेको बताएको छ ।
प्रतिक्रिया 4