Comments Add Comment

शहीद स्मृति गोल्डकप फागुन २७ गतेदेखि

१० फागुन, हेटौंडा । दश वर्ष अघिबाट हेटौंडामा प्रारम्भ भएको शहीद स्मृति गोल्डकप प्रतियोगिता फागुनको आन्तिम साताबाट हेटौंडामा सुरु हुने भएको छ । २०६२/०६३ को जनआन्दोलनका शहीदहरुको स्मृतिमा हेटौंडामा पहिलो पटक थालिएको गोल्डकपको तेश्रो संस्करण फागुन २७ बाट चैत्र ७ गतेसम्म सञ्चालन हुने भएको छ ।

विभिन्न प्रायोजकहरुको नाम राखेर सञ्चालन हुँदै आएको प्रतियोगिताका लागि यस वर्षबाट जिल्लाका १० वटा स्थानीय निकायले सहयोग गरेका छन् । स्थानीय तहको सहयोगबाट प्रतियोगिता सञ्चालनको तयारी थालेको मकवानपुर फुटबल संघले यस वर्षबाट खेललाई ‘स्थानीय तह शहीद स्मृति गोल्डकप’ नामाकरण गरेको प्रतियोगिताका संयोजक प्रताप बिष्टले बताए ।

हेटौंडा १० स्थित वन बिज्ञान अध्ययन सस्थानको खेल मैदानमा हुने राष्ट्रिय स्तरको प्रतियोगितामा विभागीय टोली सहित उपत्यकाभित्रका चर्चित ६ र बाहिरका ४ क्लबको सहभागिताको अपेक्षा रहेको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि आयोजकले ९४ लाख ४० हजार ५ सय रुपियाँ खर्च हुने अनुमान गरेको हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा प्रथमले १० लाख, द्वितीयले ५ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार, विद्यागत ५ शीर्षकमा उत्कृष्टले नगद २५ हजार र प्रत्यक खेलमा म्यानअफ दी म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment