+
+
Shares

चितवनमा स्रष्टा सम्मान एवं कविता प्रतियोगिता

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १० गते १७:३६

काठमाडौं । १८ औं वार्षिकोत्सवको अवसरमा कविडाँडा साहित्य समाज, चितवनले स्रष्टा सम्मान र कविता प्रतियोगिता आयोजना गरेको छ ।

सौराहस्थिति होटल जङ्गल सफारी लजमा आयोजित कार्यक्रममा देशभरिका महत्त्वपूर्ण साहित्यकारहरूको उपस्थिति थियो । वरिष्ठ कवि तुलसी दिवको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कायक्रमको अध्यक्षता कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले गरेका थिए ।

यस वर्ष कविहरू कुन्ता शर्मा र गोपाल पराजुलीलाई नगदसहित कविडाँडा राष्ट्रिय साहित्य सम्मान गरिएको थियो । त्यसैगरी देवखीना स्मृति पुरस्कार कवि तथा निबन्धकार गायत्री श्रेष्ठलाई, अविनाशी उत्कृष्ट पुरस्कार निबन्धकार रामबाबु घिमिरेलाई तथा उत्कृष्ट आख्यान पुरस्कार ‘परित्यत्ता’ उपन्यासका लागि भुवन ढुङ्गानालाई प्रदान गरियो । समारोहमा, देवखीना साहित्य पुरस्कारका संस्थापक, मीना लामिछाने ट्रस्टका अध्यक्ष मीना लामिछानेको उपस्थिति थियो । कविडाँडा साहित्य समाजका उपाध्यक्ष उदय अधिकारीले समाजको पूर्वकार्यको विवरणसहित परिचयात्मक मन्तव्य प्रस्तुत गरेका थिए भने सचिव गणेश श्रमणले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसै समारोहमा, कविडाँडाले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगताको पनि नतिजा घोषित गरियो । कविहरू दिनेश अधिकारी, भूपिन र महेश पौड्याल सदस्य रहेको निर्णायक मण्डलको निचोडअनुसार तेह्रथुमका कवि आरपी गाउँले प्रथम, झापाका कवि निरज दाहाल द्वितीय तथा बाग्लुङकी अस्मिता पौडेल तृतीय भइन् । कार्यक्रममा उक्त प्रतियोगिताका उत्कृष्ट दश कविहरूले आआफ्ना कविता वाचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?