Comments Add Comment

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो, ५ दिन शोक घोषणा

११ फागुन, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेसँगै अमेरिकी राष्ट्रपति जो बाइडनले राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारी कार्यालयमा पाँच दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउन आदेश दिएका छन् ।

अमेरिका कोरोनाबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुक हो ।

राष्ट्रको नाममा सम्बोधन गर्दै बाइडनले भने, ‘एउटा मुलुकको रुपमा हामीले यस्तो क्रुर भाग्य स्वीकार गर्न सक्दैनौं ।’ अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउस अगाडि मैनबत्ती बालेर मृतकप्रति श्रद्धाञ्जलि दिइएको थियो । साथै राष्ट्रपति र उपराष्ट्रपतिले केहीबेर मौनधारण गरेका थिए । अमेरिकामा अहिलेसम्म दुई करोड ८१ लाखभन्दा धेरै मानिस कोरोना संक्रमित भइसकेका छन् ।

बाइडनले अमेरिकी नागरिकहरुसँग कोरोनाविरुद्धको लडाइँमा सहयोगको आह्वान पनि गरेका छन् । साथै बाइडेनले कोरोनाबाट मृत्यु हुनेको सम्झनामा सरकारी कार्यालयमा पाँच दिनसम्म राष्ट्रिय झण्डा झुकाउने आदेश दिएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडनले पदभार ग्रहणसँगै कोरोनालाई गम्भीररुपमा लिनुपर्ने बताउँदै आएका छन् । उनले कोरोना नियन्त्रणको लागि खोप कार्यक्रमलाई तीव्रता दिनेजस्ता केही महत्वपूर्ण कदम पनि चालेका छन् । यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई कमजोर आँक्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment