Comments Add Comment

म्यानमारको सेनालाई प्रतिबन्ध लगाउन ईयूका नेताहरु सहमत

११ फागुन, काठमाडौं । युरोपेली संघ (ईयू)का नेताहरु सैन्य ‘कू’को विषयलाई लिएर म्यानमारको सेनालाई प्रतिबन्ध लगाउन तयार भएका छन् । फेब्रुअरी १ मा म्यानमारको सेनाले मुलुकका प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिँदै सत्ता आफ्नो हातमा लिएको थियो । सोमबार बसेको ईयूका सदस्य राष्ट्रका विदेशमन्त्रीहरुको बैठकले रुसका सरकारी अधिकारीलाई पनि कालोसूचीमा राख्ने निर्णय गरेको छ । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई पक्राउ गरेको विषयलाई लिएर ईयूले रुसका सरकारी अधिकारीमाथि प्रतिबन्धको निर्णय गरेको हो ।

ईयूका विदेश नीतिका प्रमुख जोसेप बोरेलले सोमबार बोल्दै म्यानमारसँगको व्यापारमा कुनै प्रतिबन्ध नलगाइने बताए । व्यापारमा प्रतिबन्ध लगाउँदा म्यानमारका आम जनता मर्कामा पर्न सक्ने भन्दै ईयूले व्यापारमा प्रतिबन्धको प्रस्ताव अस्वीकार गरेको हो ।

बोरेलले भने, ‘हाम्रो विकास प्रणालीमार्फत् म्यानमारको पुनर्संरचनाको लागि दिइने सबै किसिमको प्रत्यक्ष वित्तीय सहयोग पनि रोकिएको छ ।’ यसअघि नै सैन्य कूको विरोध गर्दै बेलायत, क्यानडा, न्युजिल्याण्ड र अमेरिकाले म्यानमारको सैनामाथि प्रतिबन्ध लगाइसकेका छन् ।

विश्वभरबाट कूको विरोध भइरहे पनि म्यानमारको सेनाले भने सत्ता आम जनतालाई हस्तान्तरण गर्न अस्वीकार गर्दै आएको छ । सेनाले आफूले मुलुकमा स्वच्छ निर्वाचन गराउँदै त्यसमा जित हात पार्ने पार्टीलाई सत्ता सुम्पिने दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment