Comments Add Comment

दी हन्ड्रेडको पहिलो खेल जुलाइ २१ मा हुने

११ फागुन, काठमाडौं । नयाँ शैलीमा आयोजना हुन लागेको दी हन्ड्रेड क्रिकेटको पहिलो खेल आगामी जुलाइ २१ मा हुने भएको छ ।

इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले पहिलो पटक आयोजना गर्न लागेको सय बलको यस क्रिकेट प्रतियोगितामा महिला र क्रिकेट दुवैको खेल हुनेछ ।

जसअन्तर्गत जुलाइ २१ मा महिलाको खेल हुनेछ । ओभल इन्भिन्सिबल्स र म्यानचेस्टर ओरिजिनल्सबीच खेल हुनेछ । खेल ओभलको मैदानमा हुनेछ ।

२०२० मा पहिलो पटक दी हन्ड्रेड क्रिकेट आयोजना हुने तय भएपनि कोभिड१९ महामारीका कारण हुन सकेन । त्यसैले २०२१ मा यसको पहिलो संस्करण आयोजना हुँदैछ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले गत वर्ष ओभल इन्भिन्सिबल्सले अनुबन्ध गरेको थियो । यस पटक पनि ओभलले सन्दीपलाई रिटेन गरेको हो ।

टम करन, साम करन, साम बिलिङ्स, रोरी बर्न्स, लाउरी इभान्स, एलेक्स ब्लेक, विल ज्यक, सुनिल नारिन, ज्यासन रोए, नाथन स्वोटर, रिस टोपले सन्दीप आवद्ध टिमका अन्य खेलाडी हुन् ।

दि हन्ड्रेडका लागि सोमबार इंगल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले क्लोज डोर ड्राफ्ट आयोजना गरेको थियो । जसबाट सहभागि टिमले बाँकी रहेको कोटामा खेलाडी छनोट गरेका छन् ।

मंगलबार सबै टोलीको खेलाडीको नाम सार्वजनिक गरिनेछ ।

हरेक टिमले तीन जना विदेशी खेलाडी राख्न पाउनेछन् ।

प्रतियोगितामा ओभलसँगै ब्रिमिङहम फोएनिक्स, लण्डन स्प्रित, म्यानचेष्टर ओरिजिनल्स, नर्थन सुपरचार्ज्स, साउथर्न ब्रेभ, ट्रेनट रकेट्स र वेल्स फायरले प्रतिस्पर्धा गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment