+
+
Shares

शिशु हत्याको आरोपमा आमाबाबुसहित ५ जना पक्राउ

टोपराज शर्मा टोपराज शर्मा
२०७७ फागुन ११ गते १३:२५

११ फागुन,बुटवल । एक वर्षीया शिशुको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीमा शिशुका आमाबाबुसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

रुपन्देहीको मायादेवी गाउँपालिका-३ हरहरवास्थित घरबाटै शिशुकी आमा २१ वर्षकी प्रेमा यादव, उनका ससुरा ५५ वर्षीय बुद्धिराम यादव, सासु ४५ वर्षीया राजमती यादव, श्रीमान २२ वर्षीय राजकुमार यादव र साथी लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षीय प्रदीप चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

शिशुको शव आफन्तले खोलामा गाडेको खबर पाएपछि पुगेको प्रहरीले दानव खोलानजिकैबाट शव पनि निकालेको छ ।

शिशुको मृत्युपछि आत्महत्या गर्ने प्रयास गरेकी प्रेमालाई उनकी नन्दले डोरी काटेर बचाएको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले बताए ।

डीएसपी थापाका अनुसार बालिकाको घाँटीमा डोरीको दाग देखिएपछि शव पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा पठाइएको छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?