Comments Add Comment

कुटपिट गरी श्रीमती हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ

११ फागुन, झापा । झापामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ५५ वर्षीय सरे राई रहेका छन् ।

प्रहरीका अनुसार राईले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा उनकी ४९ वर्षीया श्रीमती विष्णुमाया तामाङ राईको घटनास्थलमै मृत्यु भएको हो । श्रीमतीको हत्या गरेपछि उनी फरार भएका थिए ।

बाघखोर प्रहरी चौकी र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले

दमक नगरपालिका–२ मा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ परेका राईमाथि थप अनुसनधान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment