+
+
Shares

चाँदीसहित एकजना भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ११ गते १४:३२

११ फागुन, सप्तरी । भारतबाट अवैधरुपमा चाँदी नेपाल भित्र्याउँदै गरेको अवस्थामा एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको भरपुरी घर भएका २६ वर्षीय जोसिम आलम छन् ।

सशस्त्र प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ बेल्हीबाट १ केजी ३९ ग्राम चाँदीसहित उनलाई नियन्त्रणमा लिएको हो । बरामद गरिएको चाँदीसहित आलमलाई राजविराज भन्सार कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?