Comments Add Comment

संकटकाल लाग्दैन, लागे पनि एक महिनामै फिर्ता हुन्छ : प्रचण्ड

११ फागुन, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा संकटकाल लागे एक महिनामा नै फिर्ता हुने बताएका छन् ।

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरे सरकारले संकटकाल लगाउने चर्चा चलेको सन्दर्भमा चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘लाग्दैन संकटकाल, लागे पनि एक महिनामा फिर्ता हुन्छ ।’

संसद पुनर्स्थापना भयो भने आन्दोलन गर्छौं भनेर प्रधानमन्त्रीले भन्नु पराजित मानसिकताको उपज भएको प्रचण्डले बताए । यसबाट उनले गलत गरेका रैछन् भन्ने सावित भइसकेको प्रचण्डको भनाइ छ । संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि देशले निकास पाउने उनको दावी छ । जनताको तर्फबाटको ब्याटल प्रधानमन्त्री ओलीले हारेको अध्यक्ष प्रचण्डले बताए ।

ओलीलाई नेकपा भन्ने नाम लिने अधिकार छैन : माधव नेपाल

नेकपा प्रचण्ड–माधव समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई पार्टीले साधारण सदस्यबाटसमेत निकालिसकेकोले नेकपा भन्ने अधिकार नरहेको बताए ।

उनले संसद पुनर्स्थापना पछि कसलाई प्रधानमन्त्री बनाउने भन्ने बारेमा खुल्ला छलफल हुने बताए ।

प्रचण्ड र नेपाल आफ्नो समूहले भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा वुधबार आयोजना गरेकोे सभालाई सम्बोधन गर्नका लागि मंगलबार चितवन आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment