Comments Add Comment

प्रचण्ड–माधव भन्छन् : नेपाली जनताको ऐतिहासिक जित भयो

११ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद पुनर्स्थापनासँगै जनताको जित भएको बताएको छ ।

चितवनमा रहेका अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक इललासले ऐतिहासिक र साहसिक फैसला गरेको बताएका छन् ।

दुवै अध्यक्षले नेपाली जनताको जित भएको बताएका छन् । चितवनमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘प्रधानन्यायाधीश, संवैधानिक बेञ्चका चारै न्यायाधीशले संविधान लिकमा ल्याउनु भयो । निरंकुशतालाई चोटिलो जवाफ दिनुभयो । साहसिक कदम चाल्नु भएकोमा हाम्रो पार्टी आभार व्यक्त गर्छ ।’

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षाका लागि आन्दोलनमा उत्रिने सबैलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment