+
+
Shares

सर्वोच्चको फैसलाले लोकतन्त्रको जित भएको छ : विवेकशील पार्टी

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ११ गते २०:१६

११ फागुन, काठमाडौं । विवेकशील पार्टीले संसद् विघटनको कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएर संविधानलाई लिकमा ल्याएको प्रतिक्रिया दिएको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै विवेकशीलले नेपालको न्यायिक इतिहासमा यो कोसेढुंगा भएको भन्दै फैसलाबाट लोकतन्त्रको जित भएको बताएको छ ।

सो पार्टीका अभियान संयोजक शशीविक्रम कार्कीद्वारा मंगलबार सा“झ जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यलाई अस्थिरतामा धकेल्ने कदमको सुरुवात गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र त्यसलाई अस्वभाविक हतारो गरी सदर गर्ने राष्ट्रपति भण्डारीलाई उक्त कदमप्रति जवाफदेही बनाउनुपर्छ भनी सम्बन्धित निकायहरूलाई हामी आग्रह गर्दछौं ।’

दुई महिनासम्म संसद् विघटनको कदमको विरोध गर्ने सबैप्रति सो पार्टीले धन्यवादसमेत दिएको छ ।

संसद पुनर्स्थापना भएको खुशीयालीमा सो पार्टीले काठमाडौंमा दीप प्रज्वलन समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?