Comments Add Comment

रमेश खरेलले भने–सरकार चलाउनेको दम्भबाट देशले मुक्ति पायो

फाइल तस्वीर

१२ फागुन, काठमाडौं । सुशासन अभियानका रमेश खरेलले सर्वोच्च अदालतको आदेशबाट सरकारको दम्भबाट देशले मुक्ति पाएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई रोक लगाउने गरी अदालतले आदेश दिएपछि खरेलले सरकार चलाउनेको दम्भ, अहंकार र हुँकारबाट मुक्ति मिलेको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘अदालतको फैसलाबाट संविधानको अक्षर र भावनाको कदर भएको छ, संविधान र विधिको शासनको पक्षमा र अदालतको गरिमा तथा शाख बढेको अनुभूति भएको छ ।’

‘देशमा समस्याहरु, महत्वपूर्ण मुद्दाहरु–विषयहरु, सुशासन समस्या यथावत छन्’, विज्ञप्तिमा भनिएको छ, ‘अब फेरि नयाँ फोहोरी खेल शुरु हुने सम्भावनालाई नकार्न सकिन्न । पात्र, प्रवृत्ति र चरित्र उस्तै भएकाले जनताले राहत पाउने अवस्थामा आशावादी हुन सक्ने अवस्था छैन ।’

विज्ञप्तिमा भष्टाचार अन्त्य नभएसम्म विधि र प्रणाली संस्थागत हुननसक्ने पनि भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment