Comments Add Comment

इबोला संक्रमण रोक्न गिनीमा खोप कार्यक्रम सुरु

१२ फागुन, काठमाडौं । मुलुकमा पछिल्लो समय फैलिएको इबोला संक्रमण नियन्त्रणका लगि गिनीमा खोप कार्यक्रम सुरु भएको छ । अहिले गिनीको दक्षिणी क्षेत्रमा इबोला फैलिरहेको छ । इबोलाको कारण धेरैको मृत्यु पनि भइसकेको छ ।

गत फेब्रुअरी १४ मा गिनीको एनजेरेकोरे प्रान्तको गोउएकमा पहिलो संक्रमण देखिएको थियो । सोही स्थानमा अहिले इबोला खोप कार्यक्रम सुरु गरिएको हो । स्वास्थ्यकर्मीहरुलाई खोप दिँदै मुलुकमा इबोला खोप कार्यक्रम सुरु गरिएको हो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंगलबार सबैभन्दा पहिला इबोलाका संक्रमितको सम्पर्कमा आएका वा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीहरुलाई यो खोप दिइने बताएको छ ।

सबैभन्दा पहिला इबोला सन् २०१३–२०१६ को बीचमा फैलिएको थियो । इबोलाको कारण गिनी, लाइबेरिया र सेरेना लियोनमा ११ हजार तीनसयभन्दा धेरैको मृत्यु भएको थियो । अधिकारीहरुले अबको ६ साताभित्र मुलुकमा इबोला नियन्त्रणमा आउने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment