Comments Add Comment

कोभ्याक्सको खोप पाउने पहिलो मुलुक बन्यो घाना

१२ फागुन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वका गरिब मुलुकमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पुर्‍याउने उद्देश्यका साथ ल्याएको कोभ्याक्स कार्यक्रमबाट खोप वितरण सुरु भएको छ ।

यो कार्यक्रमबाट सबैभन्दा पहिला घानालाई ६ लाख डोज खोप प्रदान गरिएको छ । बुधबार घानाको राजधानी आक्रामा अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप पुगेको छ ।

डब्ल्यूएचओ र युनिसेफले संयुक्तरुपमा जारी गरेको एक विज्ञप्तिमा घानामा यो खोप आइपुग्नु महामारी अन्त्यको लागि महत्वपूर्ण कदम हुन सक्ने उल्लेख गरेका छन् ।

घानामा अहिलेसम्म ८० हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने ५८० जनाको मृत्यु भएको छ ।

अहिले विश्वका धनी मुलुकमा कोरोना खोप कार्यक्रम सञ्चालन भइरहे पनि गरिब मुलुकमा भने अझैसम्म पनि खोप पुग्न सकेको छैन । यस्तो असमानता अन्त्यको लागि कोभ्याक्सले सहयोग पुग्ने विश्वास डब्ल्यूएओले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment