
साउथका नायक प्रभाषको क्रेज सिंगो भारतमा बढेको छ । चलचित्र ‘बाहुबली र बाहुबली २’ले भारतमा धुम मच्चाएपछि प्रभाषको माग चुलिएको हो । उनै, प्रभाषले अभिनय गरेको चलचित्र ‘राधे श्याम’ जुलाइको ३० तारिखबाट रिलिज हुने पक्का भैसकेको छ । यो चलचित्र विभिन्न ४ भाषामा रिलिज हुँदैछ ।
तर, अब यो मितिमा नायक प्रभाषलाई नायिका आलिया भट्टले चुनौती दिएकी छिन् । नायिका भट्टले अभिनय गरेको चलचित्र ‘गांगुबाई काथियावाडी’को निर्माणपक्षले जुलाई ३० तारिखमा नै यो चलचित्र रिलिज गर्ने घोषणा गरेको छ ।
निर्देशक संजयलिला भन्सालीको जन्मदिनको अवसर पारेर चलचित्रको फस्टलुक सार्वजनिक गरिएको हो । चलचित्रको प्रदर्शन मितिका लागि अप्रिल ३० देखि मे २१ सम्मको बिषयमा पनि छलफल भएको थियो । तर, यो मितिसम्म चलचित्रको छायांकन सक्न मुश्किल पर्ने देखिएपछि जुलाइमा प्रदर्शन मिति तय गरिएको हो । नायक अजय देवगणको करिब ९ दिनको छायांकन बाँकी नै रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
संजयलिला भन्सालीको निर्देशनमा बनेका चलचित्रले हिन्दी चलचित्र हेर्ने दर्शकमा सधै नै उत्साह जगाउने गरेका छन् । यसैले पनि यसपटक संजय प्रभाषको स्टारडमसँग डराएका छैनन् ।
प्रतिक्रिया 4