+
+
Shares

सामसङको ग्यालेक्सी एम०२ नेपाली बजारमा, १२ हजार रुपैयाँबाट मूल्यको सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १२ गते १७:४६

सामसङले इन्ट्री लेभल स्मार्टफोन ग्यालेक्सी एम०२ नेपाली बजारमा भित्र्याएको छ। ५ हजार एमएएच ब्याट्री क्षमताको यो स्मार्टफोनमा ६.५ इन्च स्क्रिनसहित माइक्रो सेन्सरका साथ १३ मेगापिक्सेलको मेन लेन्सको साथ डुअल रेयर क्यामरा रहेको सामसङले जनाएको छ।

साथै २ मेगापिक्सेलको माइक्रो सेन्सरले क्लोजअप सट लिँदा राम्रो फोटो लिन सकिने कम्पनीको भनाइ छ। स्मार्टफोनमा ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ।

सामसङको एम सिरिजअन्तर्गत एम०२ अनलाइन कन्टेन्ट ब्राउज गर्न, गेम खेल्न र अन्य कामका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ।
‘हामी सामसङमा निरन्तर नयाँ आविष्कारहरु गरी सुलभ मूल्यमा नेपाली ग्राहकहरुलाई स्मार्टफोनमार्फत् दैनिक जीवन सहज बनाउन केन्द्रित छौं। नयाँ ग्यालेक्सी एम०२ ले भर्चुअल गतिविधिमा भाग लिन लगायतका मनोरञ्जनात्मक क्रियाकलापका लागि उपयुक्त स्मार्टफोन बन्नेमा विश्वास लिएका छौं,’ सामसङ नेपालका मोबाइल बिजनेस प्रमुख प्रणयरत्न स्थापितले बताए।

फोनमा मेगा भ्यूइङ अनुभवका लागि एचडी+ इन्फिनिटी भी डिस्प्ले राखिएको कम्पनीले जनाएको छ। जसले भिडियो स्ट्रिमिङदेखि गेम खेल्न कुनै बाधा नपुग्ने बताइएको छ। स्मार्टफोनमा मिडियाटेक ६७३९ प्रोसेसर जडान गरिएकाले फोन ह्याङ वा स्लो हुने समस्या नआउने दाबी कम्पनीको छ।

सिल्क डिजाइनसहित उक्त फोन नीलो, कालो र खरानी गरी तीन रङमा बजारमा ल्याइएको छ। ग्यालेक्सी ए०२ को २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज रहेको सेटको मूल्य ११ हजार ९९९ रुपैयाँ छ। ३ जीबी र्‍याम र ३२ जीबी स्टोरेज भएको सेटको १२ हजार ९९९ रुपैयाँ पर्ने सामसङले जनाएको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?