Comments Add Comment

बस पल्टिँदा चालकको मृत्यु

१२ फागुन, काठमाडौं । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ घ्यूखोलामा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बुधबार दिउँसो ना ६ ख ५०३५ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा बस चालक दाङ घोराही उपमहानगरपालिका–१४ का ४० वर्षीय मोतीराम बुढाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment