+
+

सत्ता समीकरणको कसरत : प्रचण्ड-माधवले जसपा नेताहरुसँग गरे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १३ गते १०:४९
फाइल तस्वीर

१३ फागुन, काठमाडौं । नेकपाको प्रचण्ड-माधव समूहले जनता समाजवादी पार्टी (जसपा)सँग सत्ता साझेदारीको विषयमा छलफल थालेको छ ।

बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको सो समूहले आज संसदको तेस्रो ठूलो दल जसपाका नेताहरुसँग छलफल थालेको हो ।

नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि प्रचण्ड-नेपाल समूहले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र पारेको छ । जसपाले पनि राजनीतिक परिस्थति फेरिएसँगै प्रचण्ड-माधव समूहसँग सहकार्य गर्न सक्ने जनाएको छ ।

प्रतिनिधिसभामा जसपाका ३४ जना सांसद रहेकोमा हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?