Comments Add Comment

सिमोससँग दीपक–दीपाको ‘कुकुर हराएको सूचना’

चलचित्र ‘छ माया छपक्कै’मा बाहिरी ब्यानरसँग सहकार्य गरेका कलाकार दीपकराज गिरी र उनको टिमले अब कुन चलचित्रको काम सुरु गर्ने भन्ने बिषयमा केही पनि पक्का गरेको छैन । तर, दीपकका अनुसार, उनीहरु ‘आमा सरस्वती मुभिज’को ब्यानरमा बन्ने चलचित्र बाहेक अन्य केही चलचित्रको कथा पनि सुनिरहेका छन् ।

यसमध्ये, सबैभन्दा पहिले सिमोस सुनवारको निर्देशनमा बन्ने चलचित्र ‘कुकुर हराएको सूचना’मा काम गर्ने संभावना बढी छ । यो चलचित्रलाई सिमोस सुनवारले निर्देशन गर्दैछन् । दीपकले अनलाइनखबरसँग भने–‘कुकुर हराएको सूचना’को कथा हामीलाई मन परेको छ । तर, यसटको पटकथा तथा संवाद फाइनल भैसकेको छैन । गर्ने नगर्ने भन्ने बिषयमा फाइनल भएको छैन ।’

वन लाइन स्टोरी मन पराएका दीपक यसको पटकथा तथा संवाद तयार भएपछि के गर्ने भन्ने निर्णय गर्ने तयारीमा छन् । तर, यो बाहेक उनलाई बाहिरी ब्यानरका २ वटा चलचित्रको कथाबाट पनि अफर आएको छ ।

दीपक उनकै टिमसँग मिलेर चलचित्र ‘छक्का पन्जा ४’को तयारीमा पनि छन् । तर, प्रदिप भारद्धाजले लेखिरहेको चलचित्र ‘कुकुर हराएको सूचना’को पटकथा तथा संवाद मन परेको खण्डमा दीपक र उनको टिमले ‘छक्का पन्जा ४’लाई अझै केही समय पछि धकेल्नेछ ।

दीपक र उनको टिमलाई सुदन केसीले पनि नयाँ चलचित्रका लागि अफर गरेका छन् । दीपकले आफ्नो ब्यानर भन्दा बाहिर गर्ने सबै चलचित्र प्रतिशतका आधारमा नै काम गर्ने बताए । उनले, रोहित अधिकारीको निर्माणमा बनेको चलचित्र ‘छ माया छपक्कै’ पनि प्रतिशतमा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment