Comments Add Comment

मदनभण्डारी राजमार्गको गुल्मी खण्डमा सेफ्टी वाल निर्माण

१४ फागुन, गुल्मी । गुल्मीमा दुर्घटना न्यूनीकरण गर्न सडक सेफ्टी वाल निर्माण गर्न थालिएको छ । मदनभण्डारी राजमार्गको गुल्मी खण्डमा कालोपत्रे सम्पन्न भएको सडकमा सेफ्टी वाल निर्माण गर्न थालिएको हो । यसले सडकमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।

सदरमुकाम तम्घासदेखि सिमलटारीसम्मको २८ किलोमिटर कालोपत्रे सडकमा दुर्घटना जोखिम भएका स्थान र घुम्तीमा सेफ्टी वाल निर्माण गर्न थालिएको छ । कालोपत्रे सडक भइसकेपछि सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्ने भएपछि सडकको छेउमा सेफ्टी वाल निर्माण गर्न थालिएको हो ।

राजमार्गको सडक छेउमा अहिले ६ सय सिमेन्टेड सेफ्टी वाल र ३ सयवटा तारजाली तथा ढुंगाबाट निर्माण गरिएको सेफ्टी वाल निर्माण गर्न लागिएकाे मदनभण्डारी राजमार्ग आयोजना कार्यालय तम्घासले जनाएको छ । त्यसबाहेक अन्य दुर्घटना रोक्ने संकेत पनि निर्माण गरिने निमित्त आयोजना प्रमुख शशांक मिश्रले बताए ।

आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने गरी जयमाँ स्वर्गाद्वारी निर्माण कम्पनीले निर्माण कार्य गरिरहेको आयोजना कार्यालय तम्घासले जनाएको छ । जसका लागि १ करोड १२ लाख ३० हजार रुपैयाँ लागत रहेको छ । सडक गतवर्ष कालोपत्रे सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment