+
+
Shares

अस्ट्रेलियाले हटायो बोइङको ७३७ म्याक्समाथिको प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १४ गते १३:४९
Photo Credit : REUTERS

१४ फागुन, काठमाडौं । अस्ट्रेलियाको हावाई नियामकले बोइङ ७३७ म्याक्स मोडलको विमानमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । पछिल्लो दुई वर्षयता अस्ट्रेलियामा यो मोडलको विमानको उडानमा प्रतिबन्ध लगाइँदै आएको छ । प्रतिबन्ध हटेसँगै यो मोडलको विमानमा प्रतिबन्ध हटाउने अस्ट्रेलिया एसिया प्यासिफिकको पहिलो मुलुक बन्नेछ ।

अस्ट्रेलियाको सिभिल एभिएसन सेफ्टी अथोरिटीका प्रमुख ग्राइमे क्रफोर्डले भने, ‘हामी विश्वस्त छौं कि यो विमान सुरक्षित छ ।’ अस्ट्रेलियाका कुनै पनि एयरलाइन्स कम्पनीले यो मोडलको विमान प्रयोग गर्दैनन् । तर, फिजी एयरवेज र सिंगापुर एयरलाइन्सले भने यो मोडलको विमानबाट अस्ट्रेलियाको उडान भर्दै आएका छन् ।

यद्यपि कहिलेबाट यो विमानलाई अनुमति दिइने भन्ने खुलाइएको छैन । अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणका लागि भन्दै अस्ट्रेलियाले अन्तर्राष्ट्रिय भ्रमणमा रोक लगाएको छ ।

त्यस्तै फिजी र सिंगापुर एयरलाइन्सले पनि घरेलु मुलुकबाट विमानको उडानको लागि अनुमति लिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?