+
+
Shares

१० वर्ष सेवा अवधि पूरा गरेका १५ शिक्षक कर्मचारी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १४ गते १६:३६

१४ फागुन, भक्तपुर । ख्वप मावि र ख्वप कलेजमा १० वर्ष सेवा अवधि पूरा गरेका १५ जना शिक्षक तथा कर्मचारी सम्मानित भएका छन् । ख्वप माविको २१ औं, ख्वप कलेजको १९ औं र शारदा क्याम्पस देकोचा भक्तपुरको ३० औं वार्षिकोत्सवको अवसरमा शुक्रबार उनीहरु सम्मानित भएका हुन् ।

सम्मानित हुने शिक्षक तथा कर्मचारीहरुमा अञ्जन छुस्यावाग, विमल प्रधान, केशव तमखू, सुरेन्द्रभक्त सुवाल, उज्वला सुवाल, ज्ञानेन्द्रप्रसाद गाईजू, कृष्णश्वरी सुवाल, राजकुमार बखुन्छे, उमा भट्ट, जयराम सुवाल, कृष्णराम किसी, राजेन्द्र सुवाल, सुभद्रा लघु, रामकृष्ण प्रजापति र कृष्णप्रसाद ग्वाछा रहेका छन् । उनीहरुलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सम्मान गरेका हुन् ।

कार्यक्रममा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा चारवटै संकायमा दश जोड दुईदेखि स्नातकोतर तहसम्मको कक्षागत रुपमा उत्कृष्ट छात्रछात्रालाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । साथै वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?