+

इब्राहिमोभिचको नजरमा ब्राजिलियन रोनाल्डो उत्कृष्ट

२०७७ फागुन  १४ गते १८:५५ २०७७ फागुन १४ गते १८:५५

१४ फागुन, काठमाडौं । ज्लाटन इब्राहिमोभिचले ब्राजिलका रोनाल्डो लुइज नाजारियो फुटबलको उत्कृष्ट खेलाडी भएको बताएका छन् ।

स्विडीस भेट्रान फरवार्ड इब्राहिमोभिचले ब्राजिलियन रोनाल्डो मन पर्ने कुरा कहिल्यै लुकाएनन् । हाल इटालियन क्लब एसी मिलानबाट खेलिरहेका इब्राहिमोभिचले अहिलेका दुई उत्कृष्ट खेलाडी लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो भन्दा रोनाल्डोलाई माथि राखेका हुन् ।

उनले भने, ‘रोनाल्डो नाजारियो सर्वकालीन उत्कृष्ट खेलाडी हुन् भन्नेमा कुनै शंका नै छैन ।’ इब्राहिमोभिचले आफ्नो करियरमा पछिल्लो चार दशकमा व्यवसायिक फुटबलमा गोल गरेका छन् । ‘अहिले युवा खेलाडीले ५ मिनेट खेल्छन् र उत्कृष्ट हुन्छन्,’ इब्राहिमोभिचले भने, ‘म पुरानो स्कुलबाट आउँदा खुसी छु ।’

इब्राहिमोभिचले सोसियल नेटवर्कले सबै कुरा परिवर्तन गरेको खेलाडीले अहिले थोरै मात्र गरेपनि च्याम्पियन हुने बताए ।’ ‘तपाईंले ठूलो उपलब्धि हासिल गर्नु लामो समय उत्कृष्ट खेलाडी हुनुपर्छ । म पुरानो स्कुल बढी मन पराउँछु ।’

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय