+

सहारा फुटबल एकेडेमीलाई २ लाख २० हजार सहयोग

२०७७ फागुन  १४ गते १९:४२ २०७७ फागुन १४ गते १९:४२
सहारा फुटबल एकेडेमीलाई २ लाख २० हजार सहयोग

१४ फागुन, पोखरा । लुम्बिनी विकास बैंकले पोखराको सहारा फुटबल एकेडेमीलाई २ लाख २० हजार रुपैयाँ सहयोग गरेको छ । सहारा क्लबले सञ्चालन गरेको फुटबल एकेडेमीमा रहेका २४ जना बालकलाई एक वर्षको खाजाका लागि बैंकले नगद सहयोग गरेको हो ।

शुक्रबार बैंकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल लगायतले सहारा क्लबका अध्यक्ष केशव थापालाई चेक हस्तान्तरण गरे । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत एकेडेमीलाई सहयोग गरेको बैंकका सञ्चालक रामचन्द्र सिग्देलले जानकारी दिए ।

‘बैंकले सहारा क्लबलाई तीन वर्षदेखि सहयोग गर्दै आएको छ’ सिग्देलले भने, ‘यसले फुटबल विकासमा टेवा पुग्ने अपेक्षा छ ।’ क्लबका अध्यक्ष थापाले मनकारीकै मायाले एकेडेमी चलेको भन्दै एकेडेमी सञ्चालन गर्न सहयोग पुग्ने बताए ।

सहारा क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ । हाल एकेडेमीमा देशका विभिन्न १४ जिल्लाका २४ जना बालक आश्रित छन् ।

 

सहारा फुटबल एकेडेमी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय