Comments Add Comment

माल्दिभ्समा प्रियंकाको जन्मदिन सेलिव्रेशन

नायिका प्रियंका कार्कीले शनिबार आफ्नो जन्मदिन मनाइन् । जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ मनाउन प्रियंका र नायक आयुष्मान देशराज जोशी माल्दिभ्स पुगेका छन् । माल्दिभ्समा प्रियंका र आयुष्मानले एक अर्कासँग प्रेम साट्दै जन्मदिन मनाएको तस्वीर सार्वजनिक गरेका छन् ।

यस्तै, प्रियंका र आयुष्मानले बिहे गरेको एक बर्ष पुरा भएको छ । गतबर्षको फागुण १६ गते उनीहरु बैबाहिक जीवनमा बाँधिएका थिए । प्रियंका र आयुष्मानको बिहे भएको एक महिना नवित्दै कोरोना महामारीका कारण लकडाउन भएको थियो । यसैले पनि उनीहरुले हनिमुन यात्रा पनि तय गर्न पाएका थिएनन् ।

प्रियंकाले आयुष्मानलाई जन्मदिन र एनिभर्सरीमा यति ठूलो खुशी दिएको भन्दै धन्यवाद दिएकी छिन् । नेपाली चलचित्र क्षेत्रमा केही बर्ष अगाडिसम्म नम्बर १ स्थान ओगटेकी यी सुन्दरीको आज क्रेज खस्किएको छ । तर, सामाजिक संजालमा उनको लोकप्रियता भने घटेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment