+
+
Shares

स्वस्तिमाले साइन गरिन् ‘थिरिमाली’

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १६ गते १२:५९

नायिका स्वस्तिमा खड्काले साउथ चलचित्र ‘थिरिमाली’ साइन गरेकी छिन् । काठमाण्डौको एक पाँच तारे होटलमा नायिका खड्का र चलचित्रको निर्माणपक्षविच कागजी संझौता भएको छ । स्वस्तिमाले चलचित्र साइन गरेपछि आफूलाई यो चलचित्रबाट धेरै कुरा सिक्न र करिअरलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।

नायिका खड्काले चलचित्र ‘चिसो मान्छे’मा काम गरेपछि यो चलचित्रका लागि समय दिनेछिन् । यो चलचित्रको छायांकन ७० प्रतिशत नेपाल र ३० प्रतिशत भारतमा हुनेछ । राजिव सेट्ठीले निर्देशन गर्ने यो चलचित्रलाई दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज् र नेपालको तर्फबाट अनन्या फिल्मस्ले निर्माण गर्नेछन् ।

चलचित्रमा विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्माको मुख्य भूमिका रहनेछ । नेपालबाट स्वस्तिमा, माओत्से गुरुङ र केही थिएटरका कलाकारको अभिनय रहने छ ।
यो चलचित्रको छायांकन नेपालको काठमाण्डौ र मुस्ताङमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?