Comments Add Comment

होटेल–रेष्टुरेन्टलाई उद्योग सरह मान्यता दिन माग

१६ फागुन, बुटवल । आफ्नो व्यवसायलाई उद्योगको रुपमा मान्यता दिन होटल तथा रेष्टुरेन्ट व्यवसायीले सरकारसँग माग गरेका छन् । अन्य क्षेत्रका उद्योगहरुलाई जस्तै होटल तथा रेष्टुरेन्ट व्यवसायलाई पनि उद्योगको रुपमा मान्याता दिनुपर्ने व्यवसायीको माग छ । पर्यटन व्यवसायीका माग सम्बोधन गर्ने विषयमा राज्यले कुनै चासो नदिएको व्यवसायीको गुनासो छ ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २० औं साधारण सभा तथा १० औं अधिवेशनमा बोल्दै व्यवसायीले पर्यटन व्यवसायका मागप्रति तीनै तहका सरकार गम्भीर नदेखिएको आरोप लगाए । पर्यटन व्यवसायको संरक्षण र सम्बद्र्वनका लागि तीनै तहका सरकारे स्पष्ट पर्यटन नीति बनाउनुपर्ने व्यवसायीको माग छ ।

होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हिराध्वज शाहले देशभर साना, मझौला र ठूला गरी ८० हजार होटल तथा रेष्टुरेन्ट सञ्चालनमा रहेका र यो व्यवसायमा २ खर्व ८४ अर्ब लगानी भएको,६ लाख जनाले रोजगारी पाएका र वार्षिक ३ खर्व ६७ अर्बको कोरावार हुने गरेकाले उद्योग सरह मान्यता दिनुपर्ने माग गरे । होटेल तथा रेष्टुरेन्ट क्षेत्रले सरकारलाई वार्षिक २० अर्ब कर तिर्दै आएको र मुलुकको आर्थिक विकास र समृद्विको मेरुदण्ड पर्यटन व्यवसाय भएकाले राज्यले यो व्यवसायलाई उद्योग सरह मान्यता दिनुपर्ने अध्यक्ष शाहको माग छ । कोराना महामारीका कारण गत आर्थिक वर्ष ५६ अर्ब ८० करोड रुपैयां नोक्सानी भएको हुंदा व्यवसायीलाई राहत प्याकेज र पुनःकर्जा दिन शाहले माग गरे ।

महासंघका पूर्वअध्यक्ष माधव नेपालले कोरोनाबाट प्रभावित व्यवसायीलाई पुनरुत्थान गर्न पुनर्कजा दिन,राहतको विशेष कार्यक्रम ल्याउन र विद्युतको डिमाण्ड चार्ज छुट गर्नुपर्ने माग गरे ।

नेपाली कांग्रेस बुटवल नगर अध्यक्ष खेलराज पाण्डेले कोरोना महामारीका कारण होटेल व्यवसायीहरु मारमा परेपनि तीनै तहका सरकारले राहत दिन नसकेको बताए ।

कार्यक्रममा होटल एशोसिएसन नेपाल (हान)का केन्द्रीय सदस्य गोपाल राना, होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले लगायतले सरकार निजी क्षेत्रमैत्री हुन नसक्दा लगानीमैत्री वातावरण अझै नबनेको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment