+
+
Shares

नेपाली फिल्म पाइरेसी गरेको आरोपमा एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १६ गते १९:२५

१६ फागुन, काठमाडौं । इन्टरनेटको माध्यमबाट अनधिकृत रुपमा नेपाली चलचित्रहरु बिक्री गरेको आरोपमा प्रहरीले लमजुङबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको बेंसीसहर नगरपालिका-२ का २५ वर्षीय सुजन परियार रहेका छन् ।

उनले थ्री सिक्टी वान डिग्री मिडिया प्रालिले सिनेमाघर एपको माध्यमबाट बिक्री वितरण गर्दै आएका नेपाली चलचित्रहरुलाई सामाजिक सञ्जाल युट्युब, टेलिग्राममा अपलोड गरी बिक्री गर्दै आएको उजुरी परेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

सुजनलाई प्रतिलिपि अधिकार ऐन अन्तर्गतको कसूरमा आवश्यक कारबाहीको लागि जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप भएको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?