Comments Add Comment

‘पारस’ र ‘ए मेरो हजुर ४’ टिमबीचको विवाद के हो ?

नायक भूवन केसी चलचित्र ‘पारस’को छायांकन फागुणबाट सुरु गर्ने योजनामा थिए । तर, उनको यो चलचित्रको छायांकन पछि सरिरहेको छ । नायक अनमोल केसीले चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन फागुणको २५ गतेबाट सुरु गर्दैछन् । यो चलचित्रको एक गीत र केही दृश्यको छायांकन बाँकी छ । गीत छायांकन गर्ने चलचित्रको निर्माण यूनिट शे–फोक्सुन्डो ताल जाने तयारीमा छ ।

तर, यो विचमा नायक अनमोल केसीको कपाललाई लिएर ‘पारस र ए मेरो हजुर ४’को टिमविच असमझदारी भएको चर्चा समेत चलेको छ ।

चलचित्र ‘ए मेरो हजुर ४’मा नायक अनमोल केसीको कपाल छोटो देखाउनुपर्नेछ । यता, ‘पारस’मा भने अनमोलको कपाल केही लामो देखाउनुपर्नेछ । यसैले, अनमोलले कपाल काट्ने या नकाट्ने भन्ने बिषयमा विवाद भएको चर्चा छ । चलचित्र ‘पारस’का निर्माता भूवन केसी भने यो बिषयमा कुनै विवाद नै नभएको बताउँछन् । उनी भन्छन्–‘पारस’मा अनमोलको कपाल लामो राख्नुपर्ने होइन । यसैले, यो बिषयमा विवाद नै छैन ।’

यता, निर्माता सुनिल कुमार थापाले पनि भूवन केसीसँग कुनै विवाद नभएको बताए । उनले भने–‘चलचित्रको कथावस्तुको बारेमा नायक अनमोल केसीलाई सबै जानकारी छ । उनी आफ्नो कपाल छोटो बनाउन तयार छन् । यसैले, कलाकार नै तयार भएकाले विवाद हुने भन्ने कुरै भएन ।’

सुनिलले भने–‘अब, हामीले अनमोलको कपालको मात्र ५ वटा गेटअप खिच्नुपर्नेछ । यसका लागि अनमोलको कपाल छोटो बनाउँदै लैजानुपर्नेछ । तर, अनमोलले पुरै कपाल खौरिने भन्ने होइन ।’

‘पारस’ अनमोल केसीको होम प्रोडक्शनको चलचित्र हो । यो चलचित्रको छायांकन चाडै सुरु गर्ने योजनामा भूवन केसी छन् । तर, अनमोलले ‘ए मेरो हजुर ४’का लागि कपाल छोटो बनाएपछि ‘पारस’को छायांकन केही समय प्रभावित हुने निश्चित छ । चलचित्रको बाँकी छायांकनका लागि नायिका सुहाना थापा नेपाल आइसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment